काठमाडौं– नबिल बैंकले लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।
बैंकका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश पाउनेछन्।
नेपाल राष्ट्र बैंक र नबिलको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्। नबिलको अहिले २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी छ।
बैंकको बुक क्लोज अघि कायम सेयरधनीले प्रतिफल पाउनेछन्।
नबिलले आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यस्तै, २०७९/८० मा ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया