+
Search

ताजा अपडेट +

पपुलर +

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : बाबुराम भट्टराई

पालिका लाइभ
२०८२ मंसिर ७, आईतवार

काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीमा आफू अभिभावकको रूपमा रहने बताएका छन्।

आइतबार पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सल्लाह-सुझाव दिने र लागू नभए सहेर बस्ने समेत उल्लेख गरे।

‘अभिभावकले आफैँ सक्रिय, कार्यकारिणी भूमिका निर्वाह गर्दैन,’ भट्टराईले भने, ‘जसले काम गर्नुपर्ने हो, तिनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ। आफ्नो कुरा राख्नु पर्छ। लागू भएन भने पनि उनीहरू जे गर्छन्, त्यो उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ।’

‘तर, आफ्नो कुरा भनिराख्नुपर्छ। म त्यही प्रतिबद्धता तपाईँहरूसँग गर्न चाहन्छु,’ उनले थपे।

भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज भएको समेत बताए।

‘यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’ उनले भने, ‘यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँड्ने हो भने हुँदैन। अबको यो पार्टीको एजेन्डा भनेको जेनजी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरू यसले पूरा गर्न सक्छ कि सक्दैन?’

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजीको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरू मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ