+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले क्षति गरेको माण्डु हाइड्रोपावरबाट व्यापारिक विद्युत उत्पादन सुरु

पालिका लाइभ
२०८२ भाद्र १३, शुक्रबार

काठमाडौं– २०८१ असोज ११ गते आएको बाढी र पहिरोले क्षति गरेको माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ ।

बागमती साना जलविद्युत आयोजना (२२ मे.वा.) को क्षति भएर आयोजनाको प्लान अवरुद्ध भई कावु बाहिरको परिस्थिति सृजना भई आयोजनाको विद्युत उत्पादन उत्पादन अवरुद्ध भएको आयोजनाले पुन विद्युत उत्पादन सुरु गरेको हो ।

सो पश्चात आयोजनाको पुनः निर्माण सहकार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिट मध्ये २०८२ श्रावण १९ मा १ युनिट र अर्को युनिट बाट २०८२ भाद्र १२ गते विद्युत उत्पादन सुचारु भएको कम्पनीका अध्यक्ष रविन्द्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार आयोजना पूर्ण रुपमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान भएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ