पोखरा- प्रभु बैंक लिमिटेडका कर्मचारी र ग्राहकले घरपझोङ गाउँपालिका-२ मार्फास्थित मार्फा प्यालेस होटलमा छुट पाउने भएका छन्। बैंकले होटलसँग छुटबारे सम्झौता भएको जनाएको छ।
सम्झौतापत्रमा मार्फा प्यालेस होटलका संचालक केशव रिजाल र प्रभु बैंकका जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकका अन्य विद्युतीय माध्यममार्फत बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल र प्रभु बैंकबीच भएको यस साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्धन हुनुका साथै ग्राहक पनि लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
प्रतिक्रिया