काठमाडौ– अधिवक्ता विष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानुनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छन् ।
नागरिक समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले कानुनका जान्नुपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान आवश्यक रहेको बताए ।
कुन विषय र मुद्दामा कस्तो कानुन आकर्षण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूनीकरणमा सहयोग अधिवक्ता गिरीको भनाइ छ ।
ज्यान सम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेदभाव सम्बन्धी कानुनी साक्षरता ज्ञान स्थानीय निकायमा आवश्यक रहेको उनले बताए ।
अंश, सम्बन्ध विच्छेद, अपुताली, दानबकस, लिखत पारित लगायतको मुद्दाको बारेमा पनि स्थानीय निकायले कानुनी साक्षरताको माध्यमबाट जनतालाई बुझाउनको लागि पनि अभियान आवश्यक रहेको अधिवक्ता गिरीको भनाइ छ ।
अधिवक्ता गिरीले अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्दामा सफलता प्राप्त गरेका छन् ।
कानुनको सिद्धान्तमै कानुनको अज्ञानता क्षम्य नहुने भन्ने व्यवस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने विदेशीले समेत नेपालको कानुनको बारेमा जानकारी आवश्यक भइरहेकाले कानुनको जानकारी जो सुकैमा हुनुपर्नेमा अधिवक्ता गिरीको जोड छ ।
अधिवक्ता गिरीले विभिन्न स्थानीय निकाय, विद्यालय, सामुदायिक संघ संस्थाहरूमा कानुन सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट नियमित रूपमा कानुन सम्बन्धी लेख रचना तथा अन्तर्वार्ताको माध्यमबाट कानुनी शिक्षाको बारेमा जानकारी दिँदै आएका छन् ।
मेलमिलाप कर्ता समेत रहेका अधिवक्ता गिरी पछिल्लो समय कानुन सम्बन्धी बिनिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रूपमा तालिम दिँदै आएका छन् ।
अधिवक्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ ।
प्रतिक्रिया