+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

पालिका लाइभ
२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं– नबिल बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ ।

बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने भएको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने भएको छ ।

बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

प्रतिऋणपत्र अंकित मूल्य एक हजार तोकिएको छ । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ११ लाख ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ