+
Search

ताजा अपडेट +

पपुलर +

पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

पालिका लाइभ
२०८२ असार ३१, मंगलवार

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयँ कायम भएको छ ।

सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ