+
Search

ताजा अपडेट +

पपुलर +

राजु पाण्डे निलम्बित, काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी जोशीलाई

पालिका लाइभ
२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौं– काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाएका छन्।

राजुनाथ पाण्डे कम्तीमा ६ महिनाका लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले जोशीलाई उक्त जिम्मेवारी दिएका हुन्।

उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रुपमा कामकाज गर्न पत्र दिइएको छ।

यसको बोधार्थ मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन्।

गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाई महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो। यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन्।

यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ