+
Search

ताजा अपडेट +

पपुलर +

फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ नामकरण

तस्बिर : सशस्त्र प्रहरी
पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

लमजुङ– मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण गरिएको हो ।

सो स्थानमा सावित्राको तस्बिर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हबल्दार साम्बा स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन् ।

साम्बा स्तम्भको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आज जेठ ५ गते उद्घाटन गरे ।

कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दीका–९ का वडाध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीयको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बाका बुवा–आमालाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ