+
Search

ताजा अपडेट +

पपुलर +

इन्धन बचत गर्न काठमाडौं महानगरले आलोपालो गाडी संचालन गर्ने, एकै ठाउँ बस्नेलाई कार पुलिङ

पालिका लाइभ
२०८२ चैत्र २९, आईतवार

काठमाडौं– इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरूलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको बताइन्।

‘विश्वभर इन्धनको अभाव छ। यसबेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ। यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन। यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन कार पुलिङ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,’ डंगोलले भनिन्।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।

कार पुलिङ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ।

यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ। यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ