+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको फेसबुक पोस्टमा कमेन्ट गरेपछि बालेनलाई आयोगले सोध्यो स्पष्टीकरण

पालिका लाइभ
२०८२ माघ १३, मंगलवार

काठमाडौं-निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण सोधेको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा गरिएको कमेन्टबारे उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने उजुरीको आधारमा शाहलाई स्पष्टीकरण माग गरिएको हो।

बालेन शाह र एमाले अध्यक्ष ओली दुवै झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ