+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल

पालिका लाइभ
२०८२ माघ ११, आईतवार

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।

पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ