+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड

पालिका लाइभ
२०८२ माघ २, शुक्रबार

गोरखा– रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड गरिएको छ ।

भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् ।

परियारले आफ्नो गाडी तोडफोड भएको बारेमा प्रहरीलाई जानकारी गराएका छन् ।

चउरमा रोकेर राखेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

उनका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् ।

बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो ।

गाडीको पछाडिको भागको सिसा फुटाइएको छ ।

गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ