+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति गठन

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको हो ।

यसअघिको समिति भंग गरेर केसीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खातीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरुले जानकारी दिएका छन् । विवाद समाधानका लागि दुई पक्षबीच वार्ता पनि भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ