+
Search

ताजा अपडेट +

पपुलर +

चन्द्र भण्डारीले भने- ‘पार्टी फुटाउने अभियानमा सामेल हुँदिन’

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विभाजनको पक्षमा आफू नरहेको बताएका हुन् ।

आजको केन्द्रीय समिति बैठक काँग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन् ।

भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधनसमेत गरेका नेता हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ