+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाबाट उम्मदेवार बन्न चाहनेले २६ गतेसम्म आवेदन दिन सक्ने, शुल्क २५ हजार

पालिका लाइभ
२०८२ पुष २३, बुधबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेको छ ।

रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते राति १२ बजे सम्म तोकेको छ भने उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ ।

उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ ।

साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ