+
Search

ताजा अपडेट +

पपुलर +

एमालेले बादललाई बनायो चुनावी कमाण्डर

पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

काठमाडौं– नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई आगामी फागुन २१ गतेको निर्वाचनका लागि कमाण्डर बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले बादललाई चुनावी कमाण्डर बनाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष बादलको नेतृत्वमा एमाले चुनावमा होमिने निर्णय भएको बताए ।

निर्वाचन परिचालन कमिटीको सचिवमा नेता विष्णु रिमाललाई तोकिएको छ। उनी एमालेको एघारौँ महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीनिकट उनलाई फागुन २१ को चुनावका लागि महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ