+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रालयकाे सर्कुलर:

निर्वाचनका बेला तीन दिन स्थानीय तहले प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष १८, शुक्रबार

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचनका क्रममा कर्मचारी र मतदाताको प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारले स्थानीय तहलाई पत्राचार गरेको छ।

सरकारले निर्वाचन आयोगको आग्रहमा निर्वाचनमा खटिने कर्मचारी र मतदाताको आपतकालीन स्वास्थ्यलाई ख्याल गरी मतदानको दिनलाई लक्षित गरी कम्तिमा तीन दिन प्राथमिक उपचारको प्रबन्ध मिलाउन स्थानीय तहलाई पत्र लेखेको हो।

‘मतदानका लागि खटिने कर्मचारी र मतदाताको आपतकालीन स्वास्थ्यलाई मध्येनजर गरी मतदानको दिनलाई लक्षित गरी कम्तिमा तीन दिनको अवधिलाई प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध मिलाउने निर्णय सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई बिहीबार पठाएको पत्रमा भनिएको छ।

आयोगले प्राथमिक स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने निर्देशन दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई १६ गते पत्र पठाएको थियो।

आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सबै प्रदेश सरकारलाई पनि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्थापनमा समन्वय र सहजीकरण गर्नका लागि निर्देशन दिन आग्रह गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ