+
Search

ताजा अपडेट +

पपुलर +

एक भए रवि, कुलमान र बालेन, सँगै निर्वाचनमा जाने सहमति

पालिका लाइभ
२०८२ पुष १४, सोमबार

काठमाडौं– कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहबीच सँगै निर्वाचनमा जाने सहमति भएको छ ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको हो ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै ‘हामी नेपाल’का अभियन्ता सुदन गुरुङ उक्त जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ‘Lets celebrate Nepal 🇳🇵 We did it ….हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि । मिलायरेई छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ