काठमाडौं– रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।
सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’
त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?,’ उनलाई प्रश्न गरिएको थियो ।
जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’
बालेन र लामिछानेबीच कसरी मिल्ने भन्ने विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले बताए। वार्तास्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले मिलेर चुनावमा जाने विषय नै छलफलको एजेन्डा रहेको बताए।
प्रतिक्रिया