काठमाडौं– सरकारले पाँच जना सचिवको सरुवा गरेको छ।
बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई बागमती प्रदेशमा सरुवा गरिएको छ भने कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशमा पदस्थापन गरिएको स्रोतको भनाइ छ।
त्यस्तै कमल पोखरेललाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने बैकुन्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।
प्रतिक्रिया