काठमाडौं– एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सीइओको जिम्मेवारी दिएको हो।
शाक्यले ३० दिनभित्र बैंकमा सीइओको कार्यभार सम्हाल्ने छन्। बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।
सीइओ नियुक्त भएपछि शाक्यले बैंकलाई थप उचाइमा पुर्याउन लाग्ने बताएका छन्। शाक्य अहिले नबिल बैंकको वरिष्ठ डेपुटी सीइओ हुन्।
उनले नबिल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन्। शाक्यसँग बैंकिङको तीन दशक लामो अनुभव छ।
उनी नबिल आउनुअघि ग्लोबल आइएमइ बैंकमा थिए। त्यसअघि उनी जनता बैंकमा थिए। जनता ग्लोबलमा गाभिएपछि उनले केही समय काम गरेका थिए। उनले जनताअघि सिभिल बैंकमा पनि काम गरेका थिए।
एनआईसी एसियाकै पूर्वकर्मचारी समेत रहेका उनी पछिल्लो समय नबिल बैंकमा कार्यरत थिए। नबिल बैंकबाट तत्कालीन सीईओ अनिल कुमार शाह बाहिरिँदा उनलाई नै बैंकको कामु सीईओ बनाइएको थियो।
तर त्यसबेला पनि पछि ज्ञानेन्द्र ढुंगानालाई सीईओ बनाइएपछि उनी डेपुटी सीईओमा रहेका थिए। ढुंगाना पनि बैंकबाट बाहिरिएपछि डेपुटी रहेका मनोज कुमार ज्ञवाली सीईओमा नियुक्त भएका थिए भने शाक्य सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए।
एनआइसीमा सीइओ रोशन कुमार न्यौपानेले राजीनामा दिएसँगै पद रिक्त थियो।

याे पनि,
ऋणीसँग बढी ब्याज असुल्छ एनआईसी एशिया बैंक, राष्ट्र बैंकले गर्यो कारबाही
एनआईसी एशियाले लिलामीमा बेच्न खोजेको जग्गा सरकारी अभिलेखमै नभेटिएपछि….
‘विगतमा ‘साथी’ बन्ने प्रतिबद्धता जनायो, आज आफ्ना साथीसँगै लडिरहेको छ’
‘बैंक लिलामीमै अल्झियो, हामी कहाँ जाउँ?’
एनआईसी एशिया बैंकका सीईओको राजीनामा !
संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो
एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप
एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न
संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर
‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित
							
							
							
							
							
							
							
				
					
					
					
					
					
					
					
					
					
                
                
                
                
                
                
                
                
                
        
        
        
        
        
        
										
प्रतिक्रिया