+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय सभा सचिव अर्यालले दिए राजीनामा

पालिका लाइभ
२०८२ कार्तिक ११, मंगलवार

काठमाडौं– राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुने गरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ