+
Search

ताजा अपडेट +

पपुलर +

‘गोल्ड मेडल’ जितेका युवा ज्योतिषी ‘भट्ट गुरु’ गोरखा आउँदै

इमानजङ्ग बानियाँ
२०८२ असार १५, आईतवार

गोरखा– भारतबाट ज्योतिष शास्त्रमा गोल्ड मेडल जितेका लोकप्रिय युवा ज्योतिष नवराज भट्ट (भट्ट गुरु) गोरखा आउने भएका छन् ।

चिना तथा वास्तु हेर्नको लागि उनी गोरखा आउने भएका हुन ।

आफ्नो टिमसहित गोरखा आउन लागेका भट्ट गुरु सोमवार र मंगलवार १६ र १७ गते गोरखा को होटल गोर्खा इन मा रहनेछन् ।

उनले ३ महिनाअघि गोरखा आउँदा अग्रिम बुकिङ गरेका ग्राहकहरूको चिना हेर्नेछन् भने अन्य ग्राहकहरूले पनि चिना र वास्तुसँग सम्बन्धित जिज्ञासा राख्न सक्नेछन् ।

अग्रिम बुकिङको लागि ९७६८७२१३१७, ९८५१२६२६४२ मा सम्पर्क गर्न सकिनेछ ।

युवा ज्योतिष भट्टले ‘योङ एस्टोलोजर अफ द एयर’ अवार्डप्राप्त गरिसकेका छन् भने इन्डियाबाट गोल्ड मेडलिष्ट समेत बनेका छन् ।

उनले पछिल्लो समय नेपाली चलचित्रहरूको साइत, कलर हेर्नेदेखि लिएर डेस्टिनेसन समेत तय गर्ने गर्दछन् ।

हालहरूमा प्रदर्शन भइरहेको मिलन चाम्स निर्देशित फिल्म अन्जिलाको शुभ साइतदेखि लिएर सम्पूर्ण छायांकनको अवधिभर विभिन्न ज्योतिषी परामर्श दिँदै आएका थिए । जुन चलचित्रलाई दर्शकहरूले माया र साथ दिएका छन् ।

फिल्म उत्कृष्ट बनेपछि फिल्म टिमले उनलाई सम्मान गरेको छ।

उनका भविष्यवाणीहरू मिल्न थालेपछि धेरै जसो कलाकारहरूले उनलाई आफ्नो भाग्य देखाउन पुग्ने गरेका छन् ।

त्यस्तै राजनीतिज्ञ, व्यवसायी लगायत समाजका हरेक तह तप्काका व्यक्तित्वहरू भट्ट गुरुकोमा आफ्नो भाग्य देखाउन पुग्ने गरेका हुन्छन् । ज्योतिषी भट्ट गुरु विगत ९ वर्षदेखि ज्योतिषी पेसामा लागेर थुप्रै अवार्डहरू प्राप्त गरिसकेका छन् ।

ज्योतिषशास्त्रलाई एक रिसर्चको रूपमा लैजाने उनका धेरै भविष्यवाणी प्रमाणित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

इमानजङ्ग बानियाँ