गाेरखा- गायिका शर्मिला बर्देवाको नयाँ आधुनिक गीत जहाँ गए नि म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
जासु याख्हा क्रेसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा हिराकाजी थापाको लय नगेन्द्र श्रेष्ठको संगीत रहेको छ ।
जस बहादुर याख्खाको कथा निर्देशन रहेको भिडियोमा नवमोडल शिवानी योङ्गहाङ्ग को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
प्रेमी जोडीको कथालाई उठान गरेको कथामा मोडल शिवानिलाई अर्का मोडल प्रवीण डिसीले साथ दिएका छन् ।
टिकटक र केही टेलिसिरियलमा आफूलाई प्रस्तुत गरिसकेकी शिवानीले म्युजिक भिडियोमा पहिलो डेब्यु हो ।
भिडियोलाई योगेश दाहालले खिचेका हुन् भने मीन रावलको सम्पादन रहेको छ ।
भिडीयो
प्रतिक्रिया