काठमाडौं– यात्रुको चापलाई मध्यनजर गर्दै सरकारले त्रिभुवन विमानस्थलको क्षमता विस्तार हुने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि ४ अर्ब १५ करोड बजेट छुट्याएको जानकारी दिए ।
यो विमानस्थललाई बुटिक विमानस्थनमा रुपमान्तरण गरिने छ ।
पोखराको अन्तर्राष्ट्रिय विमानस्थनललाई पर्यटकीय विमानस्थाल बनाइने भएको छ । गौतमवुद्ध विमानस्थललाई भने पर्यटक र श्रमिकहरूको किफायति हुने गरी सञ्चालन गरिने भएको छ ।
यस विमानस्थलबाट कार्गो सेवा सञ्चालनमा विशेष छुट समेत राज्यले दिने भएको छ ।
प्रतिक्रिया