+
Search

ताजा अपडेट +

पपुलर +

ढुंगागिटीको अधिकार स्थानीय तहलाई नदिऔं : सोविता गौतम (भिडिओ)

पालिका लाइभ
२०८० चैत्र १, बिहीबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिन नहुने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा ‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ता सामग्रीको व्यवस्थापनका लागि राष्ट्रियस्तरको कम्पनी स्थापना गर्नुपर्ने बताइन् ।

प्रस्तावित विधेयकमा भएको व्यवस्था अनुसार निर्माणमुखी सामग्रीको अधिकार स्थानीय तहलाई दिए प्राकृतिक स्रोतको दोहन बढ्ने उनको भनाइ छ ।

‘स्थानीय सरकारमाथि कनिका छरे जस्तो अधिकार सुम्पिनु भन्दा प्राकृतिक सम्पत्तिको राष्ट्रिय सदुपयोग होस्, कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान होस् र राष्ट्रिय परियोजना र विकास निर्माणका परियोजनाको लागत कम होस् जसको लाभ राष्ट्रिय स्तरमा सबै नेपालीले लिन सकुन् भनेर राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गरिनुपर्छ’, उनले भनिन् ।

यस्तो कम्पनी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । ढुंगा, गिटी, बालुवाजस्ता निर्माणमुखी सामग्री हिउँदमा संकलन गरेर वर्षभरि उपयोगको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ । त्यसका लागि सात प्रदेशमा ठूला भण्डारणस्थल बनाउन सकिने सांसद गौतमले बताइन् ।

यसो गरेमा हाल एक ट्रकको ५५०० पर्ने बालुवा १५०० मा नै पाउन सकिने उनको भनाइ छ । ‘बरु योगदानको अनुपात अनुसार स्थानिय सरकारलाई रोयल्टी दिने गर्दा वित्तीय संघीयता सुनिश्चित गर्दै राष्ट्रिय हितमा काम गर्न सकिन्छ’, उनले भनिन् ।

प्राकृतिक स्रोत व्यवस्थापन तथा नियमन गर्न स्थानीय सरकार अहिले नै सक्षम नभएको सांसद गौतमले बताइन् । ‘निर्माणमुखी सामग्रीबाट आर्थिक लाभ लिने विषय केवल राजश्वको दृष्टिबाट मात्र हेर्नुहुन्न, यसले पार्न सक्ने वातवरणीय प्रभावबारे पनि राज्य त्यत्तिकै सचेत हुनुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ