+
Search

ताजा अपडेट +

पपुलर +

सन्दीप प्रकरणमा रिमाको प्रश्न- आरोपकै भरमा कालोसूचीमा राख्न मिल्छ?

पालिका लाइभ
२०७९ भाद्र २७, सोमबार

काठमाडौं- नायिका तथा रियालसटी शो होस्ट रिमा विश्वकर्माले सन्दीप लामिछाने प्रकरणमा बोल्दै आरोप लागेकै भरमा राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्नु गलत रहेको आशय प्रकट गरेकी छन्।

यदि सन्दीप दोषी भए कानुनबमोजिम कारबाही हुनुपर्ने बताउँदै उनले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रश्न गरेकी हुन्।

यही प्रसंगलाई जोड्दै रिमाले प्रश्न गरेकी छन्,’आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’

राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत रहेका ‍लामिछानेलाई भाद्र पाँच गते नाबालिग किशोरीलाई बलात्कारको आरोप लागेपछि क्यानले निलम्बन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ