+
Search

ताजा अपडेट +

पपुलर +

स्वदेश फर्कदै सन्दीप लामिछाने, विमानस्थलमै पक्राउको तयारी

पालिका लाइभ
२०७९ भाद्र २६, आईतवार

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन् ।

उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो ।

लामिछानेले क्यारेबियन क्रिकेट लिग बीचैमा छाडेर स्वदेश फर्कने बताएका थिए । उनले कानूनी सहयोगको आग्रह पनि गरेका थिए ।

लामिछाने स्वदेश फर्कने तय भएसँगै प्रहरीले उनलाई विमानस्थलमै पक्राउ गर्ने तयारी गरेको छ ।

लामिछानेलाई अध्यागमन विभागबाट नै पक्राउ गरी अनुसन्धानको पूर्वतयारी भइसकेको छ ।

उनीमाथि १७ वर्षीया नाबालिगकले बलात्कारको आरोप लगाएकाले त्यसबारे छानबिन हुनेछ ।

लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । तर, १७ वर्षीया नाबालिगकका आफन्तले बलात्कारको आरोपपत्र प्रहरीमा दर्ता गरेका छन् ।

प्रहरीले अनुसन्धानबाट सिनामंगलस्थित एक होटलको कोठामा ६ भाद्रको विहानीपख बलात्कार भएको प्रमाणका आधारमा अनुसन्धान बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ