+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीप्रति जनतामा आकर्षण छ, चुनावमा पहिलो वामपन्थी पार्टी बन्ने प्रबल सम्भावना : प्रचण्ड

पालिका लाइभ
२०७९ श्रावण २८, शनिबार

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रूपमा स्थापित हुने आशा व्यक्त गरेका छन् ।

जनतामा माओवादीप्रति आकर्षण देखिएको तर स्थानीय चुनावमा पार्टीभित्रको अन्तर्विरोधले सोचेजस्तो नतिजा नआएको उनले बताए ।

पोस्टबहादुर स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावमा दोस्रो शक्ति बन्ने अवसर गुमेको गुनासो गरे ।

उनले भने, ‘सबैतिरको हिसाब गर्दा १७५ वरिपरि जित्छौँ भन्ने देखिन्थ्यो । हामी दोस्रो पार्टी हुन सक्थ्यौँ । ०७४ सालको निर्वाचनमा जितेका स्थानीय तहलाई मात्रै बचाउन सकेको भए देशको दोस्रो ठूलो र कम्युनिष्ट आन्दोलनको पहिलो पार्टी हामी बनिसकेका थियौँ । तर, हामीले जितेका ५० भन्दा बढी सिटहरू गुमे ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ