गोरखा– पालुङटार नगरपालिका प्रमुख विवश चिन्तन यतिवेला सडकमै भेटिन्छन् । केही कामदार, सडक निर्माण तथा मर्मतमा प्रयोग गरिने डोजरका साथ उनी आफै नगरपालिकाको वडा नम्बर ८ ,९ र १० को सडक मर्मत र निर्माण गर्न व्यस्त छन् ।
जनताको काममा व्यस्त पालिका प्रमुख चिन्तन असार १७ गते आएको बाढीले क्षतिग्रस्त वडा नम्बर ८ को सेरा र वडा नम्बर ९ र १० जोड्ने पुल भत्किएपछि अवरुद्ध बाटो सुचारु गर्न अहिले उनी सडकमा उत्रिएका हुन् ।
शुक्रवार र शनिवार सेराको सिस्नेरी हुँदै शेरा सडकमा अस्थायी कल्भर्ट निर्माण सम्पन्न गरिएको उनले बताए ।
त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी आवतजावत गर्न समस्या हुँदै आएकोमा कल्भर्ट बनेसँगै विद्यार्थी आवातजावातमा सहज भएको स्थानीयहरूले बत्ताए ।
सेरा सिस्नेरीसंगै आजबाट भने विर्दीमा काम सुरु गरिएको उनले बताए । सकेसम्म एक दुई दिनमै कल्भर्ट वा अन्य माध्यमबाट भए पनि अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको पनि उनको दाबी छ ।
गत असारको १७ गते आएको बाढीले क्षतिग्रस्त पालुङटार नगरपालिका वडा न ९ को बाटो र खारखोला माथिको पुल बाढीले क्षति पुर्याउँदा धर्माेदय माध्यमिक विद्यालय मदानेडाँडा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ६ सय विद्यार्थी प्रत्यक्ष प्रभावित भएका थिए ।
मेयर आफै यसरी प्रत्यक्ष काममा खटिएर जनताको सेवामा लागेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया