+
Search

ताजा अपडेट +

पपुलर +

जिसस गोरखामा माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित निर्विरोध निर्वाचित

पालिका लाइभ
२०७९ जेष्ठ ३०, सोमबार

गोरखा– जिल्ला समन्वय समिति (जिसस) गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जिससको प्रमुखमा गोरखा नगरपालिकाका मोहन बहादुर थापा मगर र उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लिला परियार चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मोहन ढकाल (बारपाक सुलिकोट), मोहम्मद हकिम (भीमसेन थापा), शिवप्रसाद रेग्मी (गण्डकी), इन्दिरा देवकोटा (अजिरकोट), मिरा उपरकोटी (सिरानचोक), परमिना घले (धार्चे), गंगाबहादुर बयलकोटी (पालुङटार) चयन भएका छन् ।

सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरुको एकल उम्मेदवारी परेको थियो । नवनिर्वाचित जिसस प्रमुख मगरलाई मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले सपथ ग्रहण गराएका छन् ।

सोमवार जिसस हलमा आयोजित एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको हो । लगतै जिसस प्रमुख मगरले उपप्रमुख र सदस्यहरुलाई सथप ग्रहण गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ