+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, उपसभामुख चयन गर्ने विषयमा छलफल

पालिका लाइभ
२०७९ जेष्ठ २२, आईतवार

काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

साथै विचाराधीन नागरिकता विधेयक लगायत अन्य विधेयकहरु अगाडि बढाउने, उपसभामुख चयन गर्ने विषयमा पनि छलफल भएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ