+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत समाजवादीबाट नयाँ मन्त्री : कसलाई कुन मन्त्रालय?

पालिका लाइभ
२०७९ जेष्ठ २२, आईतवार

काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।

पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सवै मन्त्रीहरु फिर्ता हुनेछन् । राज्यमन्त्री खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिनेछ ।

अन्यमन्त्रीहरुमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरवहादुर कुंबर मन्त्री हुनेछन् । यो नाम बालुवाटारमा पठाईसकिएको ती नेताले जानकारी दिए ।

हिराचन्द्र केसी लाई भने राज्यमन्त्री बनाइनेछ ।

समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ