+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले ल्यायो किसान पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने

पालिका लाइभ
२०७९ जेष्ठ १५, आईतवार

काठमाडौं– सरकारले किसान पेन्सन योजना अघि सारेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् ।

उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’

यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । उनले भने, ‘कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताएका छन् ।

#LIVE

https://www.facebook.com/gorkhasandeshnp/videos/266694502306304

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ