+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई प्रधानमन्त्री देउवाको प्रतिपश्न- ईपीजी प्रतिवेदन तीन वर्षअघि नै किन बुझिएन?

पालिका लाइभ
२०७९ जेष्ठ १४, शनिबार

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहको पर्सिपल्ट उनले जवाफ दिएका छन्।

नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यो विषयलाई पनि सम्बोधन गरेका हुन्।

उनले सो प्रतिवेदन तीन वर्षअगाडि नै तयार भएको भन्दै त्यतिबेला किन नबुझेको भन्दै प्रतिप्रश्न गरेका हुन्। त्यतिबेला ओली नै प्रधानमन्त्री थिए।

‘प्रबुद्ध समूहको प्रतिवेदन तीन वर्षअघि नै तयार भएको कुरा सबैलाई थाहा छ। त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपर्थ्यो, किन बुझिएन? तथापि उक्त प्रतिवेदन बुझ्ने वातावरण तयार गर्न नेपाल सरकार निरन्तर क्रियाशील छ। कूटनीतिक सम्बन्धको विषयमा निर्णय गर्दा पर्याप्त सावधानी पुर्‍याउनु वाञ्छनीय छ’, उनले भने।

ओलीले बिहीबारको सम्बोधनका क्रममा देउवालाई प्रतिवेदन बुझ्न आग्रह गरेका थिए। सो प्रतिवेदन तयार पार्ने समूहले पहिले भारतीय प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने र पछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने समझदारी गरेका थिए। तर भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न नमान्दा प्रतिवेदन पनि सार्वजनिक हुन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ