+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै, संघीय निर्वाचन प्राथमिकतामा

पालिका लाइभ
२०७९ जेष्ठ १०, मंगलवार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि आज संसदमा आफ्नो नीति तथा कार्यक्रम पेस गर्दैछ । सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।

दिउँसो ४ बजे बस्ने संसदको बैठकमा सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीतिलगायतका विषय समावेश गरेको छ ।

सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत हुनेछ । सरकारले मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी कार्यक्रम तय गरेको बताइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ