+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईले भने : भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ

पालिका लाइभ
२०७९ जेष्ठ ४, बुधबार

काठमाडौं– जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले नेपालले भारतसँग सुघौली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनु पर्ने आवश्यकता देखिएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनु पर्ने भएको बताए । उनले नेपालमा सुधौली सन्धिभन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको बताए ।

अहिले भारतबाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्न गरेको दाबी गरे । भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनु सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताए ।

सरकारले भारतसँग नयाँ सम्झौता गर्दा विशेष सुविधा मागेर सच्याउनु पर्ने भन्दै उनले असमान व्यापार सम्बन्ध नसचिए नेपाल सबै परनिर्भर भइरहनु पर्ने बताए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उहाँले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताए ।

अर्थनीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राखेर राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सरकारले सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम सरकारसँग माग गरे । भूमिमा निजी स्वामित्वको अन्त्य गर्नुपर्ने भट्टराईले बताए । भोगाधिकार व्यक्ति रहे पनि भूमिमाथि राज्य वा समुदायको स्वामित्व स्थापना गर्नुपर्ने भट्टराईले जोड दिए ।

उनले भने, ‘भारतसँगको सुधौली सन्धिदेखि यता बाह्यपर निर्भताकै पाटो हो । अङग्रजहरुको पालामा भारतमा आद्योगिक वस्तु बनेर नेपाल आउन थाले त्यो बेला देखि नेपालको अर्थतन्त्र विदेशबाट आयात गर्न परनिर्भर अर्थतन्त्रमा रुपान्तरण भयों ।’

पूर्वप्रधानमन्त्री भट्टराईले गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको बताए । उनले आगामी वर्षको बजेटमा सरकारले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्नेगरी बजेट ल्याउनु पर्ने बताए ।

भट्टराईले नेपाल अझै गरिविको रेखामुनि रहेको बताए । उनले पछिल्लो समय नेपालको अर्थतन्त्रलाई श्रींलकसँग तुलना गर्न नमिल्ने बताए । श्रींलका विगत कुनै समय दक्षिण एसियाकै सबै भन्दा राम्रो अर्थतन्त्र भएको मुलुकमा पर्ने बताए ।

हाम्रो अर्थतन्त्र पुँजीवादमा नै निर्माण गर्न नसकेको अवस्थामा समाजवादमा तत्काल पुग्न नकिने भट्टराईको भनाइ छ । त्यस्तै, पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले अब स्थानीय तहमा ७० प्रतिशत बजेट पठाउनु पर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ