+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नपा वडा न. ११ अध्यक्ष को स्वतन्त्र उम्मेदवार लामिछानेले सार्वजनिक गरे योजना

पालिका लाइभ
२०७९ बैशाख १६, शुक्रबार

गोरखा- स्थानीय निर्वाचन नजिकिदै गर्दा वडा र पालिकामा उम्मेदवारी दिनेहरु ह्वात्तै बढेको छन ।

उम्मेदवारी दिएका हरुको मनोनयन फिर्ता गर्ने आज अन्तिम दिन भएपनि देश ब्यापी रुपमा बागी र स्वतन्त्र उम्मेदवार दिनेहरु उल्लेखनीय संख्यामा देखिएको छन ।

सोहि क्रममा गोरखा नगरपालिका वडा न ११ मा पनि स्थानिय युवा सुरेन लामिछाने “अमृत” ले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन । उनले आफ्नो घोषणापत्रमा भनेका छन :-

समावेशी लोकतन्त्र सबैको विकास,
स्वतन्त्र ले दिन्छ, देशलाई निकास!
पार्टि रोज्यौं पटकपटक, स्वतन्त्र रोजौं यसपटक!

वडाध्यक्षमा मेरो स्वतन्त्र उम्मेदवारी किन?

पार्टीको नभै आमजनताले चुनेको, सबै जनमानसले बिश्वास गरेको जन प्रतिनिधि हुनका लागि

वडाको भिजन तथा माग वडावासीहरुले चाहे अनुरुप नै गर्न र गराउन को लागि

हाम्रो गुमेका र ओझेलमा परकेा मौलिक र सांस्कृतिक पहिचान पुनर्जागृत गर्न को लागि

प्राकृतिक सम्पदाको संम्रक्षण गर्नको लागि

वडावासी कै इच्छा अनुरुप वडाको प्रसाशन चलाउनको लागि

हरेक बिकास निर्माणका कार्यहरु र समस्याहरु वडावासी कै रोहबरमा गर्न र गराउन

पर्यटकीय स्थलको अनुगमन र सर्वेक्षण गरि वडाको परिचयात्मक संरचना निर्माण गर्ने र रोजगारीको अबसर सृजना गर्ने

परम्परागत कृषि प्रणालि को अन्य गरि यान्त्रीकिकरण र जैबिक खेति प्रणाली को ब्यबस्था गरि अर्गानिक उत्पादनमा जोड दिनको लागि

माओवादी केन्द्र पार्टीका युवा नेता लामिछानेले पार्टी बाट टिकट नपाएपछी बागी उम्मेदवारी दर्ता गराएका हुन । स्वच्छ छवि र युवा माझ लोकप्रिय उनले थुप्रै सामाजिक संघ सस्थामा आवद्ध भएर काम गरेको अनुभव छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ