+
Search

ताजा अपडेट +

पपुलर +

पाँचदलीय गठबन्धनको निर्देशनः चैत मसान्तभित्र उम्मेदवारको नाम सहमति गरी पठाउनू

पालिका लाइभ
२०७८ चैत्र २८, सोमबार

काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेको पाँच दलले चैत मसान्तभित्र गठबन्धन बैठक राखेर उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सतारुढ गठबन्धन बैठकको कार्यदलले यस्तो निर्णय गरेको हो।

चुनावी तालमेलका लागि आज (सोमबार) पाँच दलका शीर्ष नेताले संयुक्त अपिल गर्ने बताइएको छ।

गठबन्धन दलबीच चुनावी तालमेल हुन नसकिरहेको अवस्थामा यस्तो निर्णय भएको हो। साथै सत्तारूढ गठबन्धनभित्रका पाँच दलले मात्र चुनावी गठबन्धन बनाउने निर्णय पनि भएको छ।

गठबन्धन बैठक आज ९ बजे बालुवाटारमा पुनः बोलाइएको छ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ