+
Search

ताजा अपडेट +

पपुलर +

मध्यराति बाबुरामले ओलीलाई स्टालिन र हिटलर भनेपछि….

पालिका लाइभ
२०७८ मंसिर १२, आईतवार

काठमाडाैं- चितवनको सौराहामा जारी नेकपा एमालेकाे दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार केपी ओलीलाई दिएपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन्।

विवादका बीच शनिबार अबेर राति बन्दसत्रले एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न भन्दै सम्पूर्ण अधिकार ओलीलाई दिनासाथ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्।

‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होलाजस्तो छ। म त उनलाई स्टालिन र हिटलरै देख्छु’, भट्टराईले मध्यराति लेखेका छन्, ‘स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरेझैं खड्गप्रसादले त्यही गर्दैछन्।’

उनले अगाडि लेखेका छन्, ‘रुसी मोडेलका क पा (कम्युनिस्ट पार्टी) र नाजी पार्टी जसरी सिद्धिए नेपालका क पाहरू पनि सिद्धिने हुन् त?’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ