+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको मुद्दामा अन्तरिम आदेश जारी भएन, सर्वोच्चले माग्यो सक्कल निर्णय

पालिका लाइभ
२०७८ आश्विन ५, मंगलवार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सोमबारदेखि सुरु भएको बहस मंगलबार टुंग्याउँदै सर्वोच्च अदालतले निर्वाचन आयोगदेखि संसद्‌सम्मका सक्कल फाइल मगाउन आदेश गरेको हो।

माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली निर्वाचन आयोग र सभामुखविरुद्ध रिट लिएर अदालत पुगेका थिए। उनले नेपालको पार्टी नै अवैधानिक भएको जिकिर गरेका थिए। साथै, माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ