+
Search

ताजा अपडेट +

पपुलर +

अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने, प्रचण्डसँगकाे भेटपछि माधव नेपालले भने- भदौ २३ सम्म कसैले चुइँक्क बोल्दैन

पालिका लाइभ
२०७८ भाद्र १७, बिहीबार

काठमाडाैं- सत्तारुढ गठबन्धनको सदस्य नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका छन्।

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताएका हुन्।

पाँच दलीय गठबन्धन सरकार विस्तार अझै अन्योलमा परेको छ। नेकपा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले भदौ २२ सम्म दिएको दल रोज्ने समयसीमा यता मन्त्रिपरिषद् विस्तार नहुने भएको हो।

असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएर साउन ३ मा विश्वासको मत लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले ६ सदस्यीय क्याबिनेट चलाइरहेका छन्।

असार २९ मा नियुक्त चारजना मन्त्री र साउन १० मा नियुक्त एकजना राज्यमन्त्रीबाटै देउवाले देश हाँकिरहेका छन्। यस्तोमा अझै पनि भदौ २३ यता क्याबिनेट विस्तारको सम्भावना टर्दै गएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ