+
Search

ताजा अपडेट +

पपुलर +

टुटल र पठाओ बन्द गर्नुपर्ने माग, ट्याक्सी चालक आन्दोलनमा

पालिका लाइभ
२०७७ माघ २५, आईतवार

काठमाडौं- काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन्।

टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग छन्।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन्।

ट्याक्सी चालक तथा व्यवसायीले निजी सवारीले भाडाका यात्रु बोक्नेगरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा बन्द गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ