+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई राष्ट्रपतिको प्रस्तावः अबको एक वर्षपछि तपाई नै प्रधानमन्त्री बन्नुहोस्

पालिका लाइभ
२०७७ मंसिर ३, बुधबार

काठमाडाैं– राष्ट्रपति विद्या भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

मंगलबार साँझ अध्यक्ष प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले अबको एक वर्षपछि प्रधानमनत्री बन्न प्रस्ताव गरेकी हुन् । त्यस्तै उनले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न पनि अध्यक्ष प्रचण्डलाई आग्रह गरेकी छन् ।

‘पार्टीलाई फूटबाट जोगाउन तत्कालिन सहमतिहरु पालना गरेर अगाडि बढ्नुहोस । अबको एक वर्षपछि तपाई नै प्रधानमन्त्री बन्नुहोस् र तपाईकै नेतृत्वमा चुनाव गराऔं । त्यसको ग्यारेण्टी म लिन्छु । त्यसो गर्दा पार्टीभित्रको विवाद हल हुन्छ’, राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

त्यस्तै राष्ट्रपति भण्डारीले महाधिवेशनपछि एकल अध्यक्ष बन्न पनि प्रचण्डलाई आग्रह गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको तर्फबाट त्यसको ग्यारेण्टीसमेत गरिदिएकी छिन् ।

जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले घात गरेकाले त्यसरी जान नसकिने बताएका छन् । उनले ओलीले पार्टी बैठकले गरेका सबै निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ