+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोमको डवल धमाका अफर दिपावलीको अवसरमा पनि निरन्तर

पालिका लाइभ
२०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं- डिशहोमले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सञ्चालन गरिरहेको छ।

यसै अफरलाई डिशहोमले वडा दसैँसँगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ।

यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफर बाट वार्षिक रिचार्ज गर्दा ‘विक्ली लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा विक्ली लक्की ड्र मा डबल मौका प्राप्त हुनेछ। हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक / एक लाख नगद उपहार यस अफर मा जित्नेछन्।

विक्ली लक्की ड्र को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको केस आईडीको आधारमा गरिन्छ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नं १००, र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ।
अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ।

फन्ड ट्रानसफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ