+
Search

ताजा अपडेट +

पपुलर +

तीन दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी लेलेको जंगलमा मृत भेटिइन्, हत्याको आशंका

पालिका लाइभ
२०७७ भाद्र २०, शनिबार

काठमाडौं- तीन दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।

अल्का अस्पतालमा कार्यरत ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो। शव शुक्रबार साँझ भेटिएको भए पनि उक्त शव केसीको शव रहेको भन्ने शनिबार बिहान मात्रै पुष्टि भएको हो।

केसी हराएको भन्दै उनको परिवारले तीन दिन पहिले प्रहरीमा जाहेरी दिएका थिए। उनको हत्या गरेको आशंकामा प्रहरीले एक जना आफन्तलाई पक्राउ गरेको ललितपुर परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङले बताए।

‘प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरेको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ अहिले केसीको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ