+
Search

ताजा अपडेट +

पपुलर +

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

पालिका लाइभ
२०७७ भाद्र १५, सोमबार

काठमाडौं- सरकारले कोरोना संक्रमण फैलिएको भन्दै लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। साउन २६ गते सरकारले हवाई यातायात भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो।

कोरोना संक्रमण फैलिने क्रम नियन्त्रणमा नआउँदा लामो दूरीका यातायात र उडान सञ्चालन मिति सरकारले बारम्बार पछि सार्दै लगेको छ।

भदौ १ गतेदेखि लामो दूरीका र हवाई यातायात चल्न दिने निर्णय गरिएको थियो। तर संक्रमण बढ्दै जाँदा त्यसलाई पछि सार्दै लगिएको हो।

पछिल्लो समय सरकारले भदौ १७ सम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ