+
Search

ताजा अपडेट +

पपुलर +

पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण, २२ हजार २१४ पुगे संक्रमित

पालिका लाइभ
२०७७ श्रावण २३, शुक्रबार

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १५ हजार ८१४ उपचारपछि निको भएका छन्। हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ।

हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ