काठमाडाैं- नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना पुष्टि भएको बताए।
अहिलेसम्म प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा ८ सय १६ र सबैभन्दा कम गण्डकी प्रदेशमा ३७ रहेको छ।
अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।
मंगलबार अपरान्हसम्म ७५ हजार ३४३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख १६ हजार ३४५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।
प्रतिक्रिया